पैसा छरेर फरार भएका महिला प*क्राउ

राष्ट्रिय समाचार समिति

धनुषा, ६ वैशाख : जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्र*हरीले प*क्राउ गरेको छ । जिल्ला प्र*हरी कार्यालयले दिएको जानकारीअनुसार प*क्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजु र नन्द हुन् ।

प*क्राउ परेका दुवै जनालाई जिल्ला प्र*हरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ । ती महिलाले शुक्रबार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा रु पाँच, रु १० र रु १०० दरका नोट छरेर फरार भएका थिए । स्थानीयले पैसा देखेपछि प्र*हरीलाई खबर गरिएको थियो ।

प्र*हरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्र*हरीले तिनको खोजी तीव्र पारेको थियो । प्र*हरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सिसीटिभी फुटेज झिकाएर शङ्कास्पद देखिएका र स्थानीयले भनेको हुलियाका आधारमा महिलाको खोजी गरिएको थियो । सोहीअनुसार आज करिब २ः३० बजे जानकी नगरबाट उनीहरुलाई प*क्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया