कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न शुरु

admin

काठमाडौं, १२ बैशाख : बेलायतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न शुरु गरिएको छ ।

भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ । उनीहरुमध्ये आधालाई कोभिड-१९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ ।

परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यस बारेमा जानकारी हुने खबरमा उल्लेख छ । अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न थालिएको हो ।

कोरोना भाइरसविरुद्धको खोप लिनेमध्ये एक इलिसा ग्रानाटोले भनिन्, ‘म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुको प्रक्रियालाई सहयोग गर्नुपर्छ ।’ यो खोपप्रति मलाई एकदमै विश्वास छु, उनले भनिन् ।

प्रतिक्रिया