कोरोनाको उपचार गराइरहेका चार जनालाई आज डिस्चार्ज गर्ने

admin

वीरगञ्ज, १४ बैशाख : वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को उपचार गराइरहेका चार जनालाई आइतबार डिस्चार्ज गरिने भएको छ ।

तीन पटकसम्म उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएकाले आइतबार डिस्चार्ज गर्न लागिएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

रौतहटका एक युवक र तीन जना भारतीय नागरिक गरी चार जना कोरोनाको सङ्क्रमणबाट निको भएपछि उनीहरुलाई आइतबार डिस्चार्ज गर्ने तयारी भएको अस्पतालले जनाएको छ ।

तीन जना जना भारतीय नागरिकमा गएको चैत ३० गते तथा रौतहटका एक जनामा बैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नारायणी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको थियो ।

अहिलेसम्म नेपालमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने, शनिबारसम्म १२ जना निको भइसकेका छन् ।

प्रतिक्रिया