आज थप दुई जनामा सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या ५१ पुग्यो

admin

काठमाडौं, १४ बैशाख : कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड-१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आइतबार थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १२ जना घर फर्किएका छन् ।

सङ्क्रमितका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । ती दुवैजना अहिले आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया