थप एक जनामा कोरोना संक्रमण, संक्रमित ११० पुगे

admin

विराटनगर, २७ वैशाख: उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।

यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना भएका छन् ।

संक्रमण पुष्टि भएका १८,४५ र ६५ वषर्ीया महिलामा शनिबार दिउँसो अस्पताल भर्ना भएको मेसु मिश्राले जानकारी दिइन् । उनकाअनुसार संक्रमित सबैको अवस्था सामान्य छ ।

प्रतिक्रिया