खु*कुरीले प्रहार गरी युवकको ह*त्या

admin

धादिङ, २८ वैशाख:  गंगाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङका ३१ वर्षीय यमबहादुर गुरुङको छिमेकीले खु*कुरी प्रहारी गरी ह*त्या गरेका छन्। छिमेकी भीमसेन बुढाथोकीले यामबहादुरमाथि शनिवार साँझ खु*कुरी प्र*हार गरेका थिए।

खु*कुरी प्रहारबाट उनको दुवै खुट्टा र दाया हातमा गहिरो चो*ट लागेको थियो। गम्भीर घा*इते उनको उपचारका लागि राति जिल्ला सदरमुकामस्थित धादिङ अस्पताल ल्याइए पनि उपचारका क्रममा मृ*त्यु भएको प्र*हरीले जनाएको छ। उनको अत्याधिक रक्तश्रावका मृ*त्यु भएको अस्पतालले बताएको छ।

गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका यमबहादुर र भीमसेनको छिमेकी हुन्। शनिवार साढे ६ बजे मिलबाट भारी लिएर घर आउँदै गरेका यमबहादुरलाई भीमसेनले घर नजिकै खु*कुरी प्रहार गरेको फुलखर्क प्र*हरी चौकीले बताएको छ। भीमसेनलाई प्र*हरीले नियन्त्रणमा लिएको छ। बुढाथोकीलाई ज्यान मु*द्दामा अनुसन्धान सुरु गरिने जिल्ला प्र*हरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया