श्रीमानले गरे श्रीमतीको ह*त्या

राष्ट्रिय समाचार समिति

चितवन, २८ वैशाख: घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको ह*त्या गरेका छन् । जिल्ला प्र*हरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खु*कुरी प्रहार गरी ह*त्या गरेका हुन् ।

प्र*हरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्र*हरीले नियन्त्रणमा लिएको छ ।

परीक्षणका लागि श*वलाई भरतपुर अस्पताल ल्याइएको छ । निजका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी हुन् । घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया