काठमाडाैं, ३० वैशाख : सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्र*हरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्र*हरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्र*हरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानकारी दिए।
भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा वर्षांैदेखि सरकारको उपस्थिति शून्य छ। कालापानी नजिकै स्थापना गर्ने निर्णय भएर पनि कार्यान्वयन हुन सकेको थिएन। उनले भने, ‘बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्न, भौतिक संरचनालगायत व्यवस्थापन भइसकेको छ।’
सशस्त्र प्र*हरीको बीओपी तत्काल गाउँपालिका–१ छाङरुमा राख्ने गरी सबै तयारी पूरा भएको गुल्मपति बिष्टले बताए। छाङरु गाउँभन्दा केही तल पर्ने गागा क्षेत्रमा स्थायी संरचना निर्माण नहुँदासम्म सशस्त्र प्रहरीको बीओपी छाङरुका एक स्थानीयको घरमा भाडामा बस्ने उनले जानकारी दिए।
सशस्त्र प्र*हरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा रक्षा, ओखेटो पहार ओसार पसार, मानव बेचबिखनलगायत गतिविधि पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्ने उनको भनाइ छ। सो क्षेत्रमा नेपाल प्र*हरी चौकी छ तर ६ महिना मात्रै उनीहरू त्यहाँ बस्ने गरेका छन्। नेपाल प्र*हरीले सीमा सुरक्षाको काम गर्दैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुन्दरसिंह धामीले लेखेका छन् ।