काठमाडौं, ३० बैशाख : स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपाल सहित अन्य अभियान्ताअरु जना पक्राउ परेका छन् ।
भारतले नेपाली भुमिमा सडक बनाएको भन्दै बिरोध प्रदर्शन गर्ने क्रममा मंगलबार दिउसो माइतीघर मणडलाबाट पक्राउ परेका हुन् । प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
पक्राउ पर्नेहरु साजन बिश्वकर्मा, अर्जुन पौडेल, अधिवक्ता कृष्ण प्रसाईँ, सेफर्ड लिम्बू, के एन बस्याल, राजु मग्राती, युवक गजमेर, सभ्यता नेपाल, मिरज ढुंगाना, सुरज ठकुरी समेत शिशिर र बिक्रम भण्डारी, ज्ञानेन्द्र शाही, मंगल थापा, पुण्य गौतम एकसाथ पक्राउ परेका छन् ।