काठमाडौं, ३० बैशाख : भारतले नेपाली भूमि अतिक्रमण गरी बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएकी विवेकशील नेपाली दलकी नेत्री रञ्जु दर्शना पक्राउ परेकी छिन् ।
माइतीघर मण्डलाबाट नेत्री रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले पक्राउ गरेको हो । माइतीघरमा जम्मा भएका उनीहरुलाई नाराबाजी गर्न नपाउँदै प्रहरीले पक्राउ गरेको हो ।
भारतले लिपुलेक-कालापानी क्षेत्रको नेपाली भूमि अक्रिमण गरी बाटो बनाएको विरोधमा उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।