काभ्रेका एम्बुलेन्सले बिरामी बाहेकका यात्रु ओसार्न थाले

admin

काभ्रे : काभ्रे जिल्लामा सञ्चालन भइरहेका एम्बुलेन्सहरु बिरामी बाहेकका यात्रु ओसार्न थालेको पाइएको छ । बिरामीको नाममा अन्य यात्रु ओसार पसार गर्न थालेको भन्दै कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेले कारबाही गर्ने चेतावनी दिएको छ ।

 स्थानीय स्तरबाट एम्बुलेन्सहरुले अन्य मानिस ओसार्ने गरेको भन्दै सीसीएमसीको आज बसेको बैठकले त्यस्तो कार्य तत्काल रोक्न एम्बुलेन्स सञ्चालकहरुलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना अध्यक्ष रहेको सीसीएमसीले जिल्लाका सबै एम्बुलेन्सहरुलाई मर्यादा भन्दा बाहिर गएर काम नगर्न चेतावनी दिएको हो । जिल्लामा ३५ वटा एम्बुलेन्स रहेका छन् ।

 त्यस मध्ये ३० वटामा जीपीएस सिस्टम जडान गरिएको छ । यो सिस्टमले कुन एम्बुलेन्स कति खेर, कुन ठाउँमा थियो र कत्तिको गतिमा थियो भन्ने समेतको जानकारी राख्दछ ।  

प्रतिक्रिया