आमा भन्छिन्, पाल्न सक्दिनँ भन्ने सोचेर जन्मिनासाथ मारिदिएँ !

admin

काठमाडौं, १३ जेठ : संसारमा बच्चाको लागि आमा भन्दा ठुलो कोही हुँदैन् तर, जन्म दिने आमा नै काल बनिन् । सोमबार दिउँसो भक्तपुर प्रहरीको टोली सूर्यविनायक नगरपालिका ५ घलाँतेको एउटा घरमा पुग्यो ।

लकडाउनको समय छ, घरनजिकै शिशुको श’व कुहिएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी घ’टनास्थल पुगेको थियो । प्रहरीले घरको करेसाबारीमा कुहिन लागेको बच्चीको श’व भेटायो ।

कसको बच्चा हो भन्ने सोधखोज हुँदा त्यही घरमा डेरामा बस्ने रमिला राई सुत्केरी भएको खुल्यो । उदयपुर घर भएकी रमिला सूर्यविनायक क्षेत्रमा मजदुरी गर्थिन् । केही दिनअघि उनले छोरी जन्माएकी थिइन्।

आफूले जन्माएकी छोरीलाई नै मारेर फालेको खुलेपछि प्रहरीले रमिलालाई पक्राउ गरेको छ । उनले बच्चाको किन ह’त्या गरिन् भन्ने अनुसन्धान भइरहेको छ। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी चक्रराज जोशीका अनुसार रमिला केही वर्षअघि काठमाडौं आएकी थिइन् ।

ढलान मजदुरको काम गर्ने उनको सँगै काम गर्ने उदयपुरकै मिलन मगरसँग प्रेम बस्यो । ‘त्यसपछि उनीहरू सँगै बस्न थालेछन् । पहिला पनि एउटा छोरी जन्मेको रैछ,’ डिएसपी जोशीले भने,‘पछिल्लो समय भने रमिला र मिलनको सम्बन्ध बिग्रिएछ । उनी लकडाउन सुरू हुनुअघि नै उदयपुर गएको देखिन्छ ।’

मिलन डेरा छोडेर हिँडेको बेला रमिला दुई जिउकी थिइन् । मिलन गएको केही समयपछि लकडाउन सुरू भयो । रमिलाको पेटमा सात महिनाको गर्भ थियो । सकिनसकी मजदुरी गरौंभन्दा पनि काम पाइनन् । लकडाउनका बेला उनले केही दिन राहतको सामानले गुजारा गरेको डिएसपी जोशीले बताए ।

केही दिनअघि रमिला आफ्नै डेरामा सुत्केरी भइन् । प्रहरीसँगको बयानमा उनले जन्मिनासाथ शिशुको मुखमा कपडा को’चेर मा’रेको बताएकी छिन् । एउटा छोरी त पाल्न गाह्रो भएको छ, फेरि अर्को बच्चा कसरी पाल्ने बरू अहिल्यै मा’रिदिन्छु सोचेर मुखमा कपडा कोचिदिएँ,’ रमिलाको बयान उद्धृत गर्दै डिएसपी जोशीले भने ।

प्रहरीले शिशुको श’व पो’स्टमर्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा पठाएको छ भने रमिलालाई ह’त्या अ’भियोगमा मुद्दा दर्ता गरेको छ । शिशु ह’त्याको आ’रोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

उनको श्रीमानको समेत खोजी गरिरहेको छ । रमिलावि’रुद्ध कर्तव्य ज्यान मु’द्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले बताएका छन् ।

प्रतिक्रिया