बाँके दुर्घटना अपडेट: मृ’तक ११ जनाको सनाखत

राष्ट्रिय समाचार समिति

राँझा, १९ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृ’तकको सनाखत भएको छ । दु’र्घटनामा मृ’त्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुले पनि ठेगाना पहिचान नभएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी निरीक्षक हृदय सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ ।

दु’र्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था ग’म्भीर छ । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । दु’र्घटनामा परेकाहरु सबै भारतबाट आएका हुन् । घा’इते हुनेमा अधिकांश सल्यानका छन् । सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयोे ।

प्रतिक्रिया