मलिण्डो एअरले स्वदेश फर्कने नेपालीलाई सरकारले तोकेभन्दा सस्तोमा ल्याउने

admin

काठमाडौं, १४ असार : स्वदेश फर्कने नेपालीलाई मलिण्डो एअरले मलेसियाबाट सरकारले तोकेकोभन्दा झण्डै तीन हजार रुपैयाँ सस्तोमा ल्याइदिने भएको छ ।

हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले तोकेको भाडाभन्दा झण्डै तीन हजार रुपैयाँ सस्तो भाडादर मलिण्डो एअरले तोकेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसियाबाट काठमाडौं आउने चार्टर्ड उडानको भाडादर हिमालय र नेपाल एअरलाइन्सको १५ सय ९० मलेसियन रिंगिट अर्थात (आज) आइतबारको विनिमयदर अनुसार ४४ हजार ७९५ रुपैयाँ रहेको छ ।

तर मलिण्डो एअरले १५ सय मलेसियन रिंगिंट अर्थात आजको विनिमय दर अनुसार ४२ हजार २५९ रुपैयाँ तोकेको छ । कुनै बहानामा बढी भाडा मागेमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

एअरलाइन्स वा अन्य एजेण्ट कसैले पनि योभन्दा बढी भाडा मागेमा नदिन र नतिर्न मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया