मोटरसाइकल दु’र्घटनामा महिलाको मृ’त्यु, तीन जना घा’इते

राष्ट्रिय समाचार समिति

तुलसीपुर, १८ असार :दाङमा दुई मोटरसाइकल एक आपसमा ठो’क्किँदा एक महिलाको मृ’त्यु भएको छ ।

इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्र’हरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आज बिहान दुई मोटरसाइकल ठो’क्किँदा मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका–१ का ४८ वर्षीया पवी डाँगीको मृ’त्यु भएको हो । डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा५प ८०९५ मोटरसाइकल र पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा५प ६५२५ नम्बरको मोटरसाइकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठो’क्किँदा दु’र्घटना भएको हो । दु’र्घटनामा अन्य तीन जना घा’इते भएका छन् ।

प्रतिक्रिया