शंखुवासभा, २८ असार : शंखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर १, सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् ।
गएराति खसेको पहिरोमा परेर २ जना घाइते भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले जानकारी दिएका छन् ।
पहिरोले ७ वटा घर बगाएको जानकारीमा आएको छ । वडा प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय शंखुवासभाले जनाएको छ ।