जाजरकोट, २९ असार : जाजरकोट जुनीचाँदे गाँउपालिका-३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण आइतबार साँझ ज्यान गएको छ ।
प्रसव पीडा भएपछि गाँउलेलाई खबर गर्न लाग्दालाग्दै ज्यान गएको छिमेकीले बताएका छन् । बच्चाको अवस्था भने अहिलेसम्म सामान्य रहेको छ ।
समयमै स्वास्थ्यकर्मी सुत्केरीको घरमा पुग्न सकेनन् । गाउँपालिकाले यसबारे कुनै जानकारी नपाएको जनाएको छ ।
छिमेकीका अनुसार पानी परिरहेको समय, प्रसव पीडा हुँदाहुँदै बच्चा जन्मियो तर त्यसैसाथ अत्याधिक रक्तश्राव भएपछि घरमै ज्यान गएको पाइएको हो ।
दुई घण्टा पैदल डाँडामा गएर फोन गर्नुपर्ने बाध्यताले सुत्केरी स्याहार नभएरै जाजरकोटमा आमा बन्नेहरुले अनाहकमा ज्यान गुमाउदै आएको स्थानीयको गुनासो छ ।