पोर्न वेबसाइट बनाई किशोरीको अ’श्लि’ल भिडिओ अपलोड गर्ने एक प’क्राउ

admin

काठमाडौं, असार २९ : आफैंले बनाएको पोर्न वेबसाइटमा १७ वर्षीया किशोरीको अश्लि’ल भिडिओ अपलोड गर्ने एक जनालाई साइबर ब्युरोले प’क्राउ गरेको छ। ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार काठमाडौंबाट प’क्राउ गरेको हो।

फाइल फोटो

उनले ‘ब्लुसंसार डट कम’ नामको पोर्न बेवसाइट बनाएको ब्युरोले जनाएको छ। श्रेष्ठले उक्त बेवसाइटमा चितवनकी १७ वर्षीया किशोरीको अ’श्लिल भिडिओ अपलोड गरेका थिए। किशोरीले अश्लिल भिडिओ बनाई पोर्न साइटमा राखेको भन्दै ब्युरोमा उजुरी दिएकी थिइन्। त्यसपछि प्र’हरीले उनको खोजी गरी काठमाडौंबाट प’क्राउ गरेको हो।

श्रेष्ठलाई विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-९ मा उल्लिखित कसूर बमोजिम प’क्राउ गरिएको हो। उनलाई ब्युरोले प’क्राउ गरी थप अनुसन्धान गर्न महानगरीय प्र’हरी वृत्त,दरबारमार्ग पठाइएको छ।

उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद समेत थपिसकेको छ। साथै, अ’श्लिल तथा यौ’नजन्य सामग्री कम्युटर, इन्टरनेट लगायतका विद्युतीय वा अन्य माध्यमबाट प्रकाशन, प्रसारण वा प्रदर्शन गर्नु कानुनीरूपले दण्डनीय रहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया