एक लाख नाघ्यो सुनको मूल्य, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, २१ साउन : बुधबार सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रति औंस ४० डलरले बढेको छ ।

यस्तै अन्तर्राष्ट्रिय मूल्यमा नै भर पर्नुपर्दा नेपालमा सुनको मूल्य महंगो भएको हो । यस्तै मंगलबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य बुधबार तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी बुधबार तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना संक्रमणका कारण अस्थिरता बढेकाले सुनको मूल्य निरन्तर बढिरहेको उनले बताए ।

प्रतिक्रिया