काठमाण्डौ – राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मनोनीत नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको शपथ बिहीबार ४ बजेका लागि तोकिएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् ।
उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथ खुवाउनेछन् ।
लामो रस्साकसीपछि नेकपाका उपाध्यक्ष गौतमलाई केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो ।