भोलीबाट लामो दुरीको साझा बस सञ्चालन

admin

काठमाडौं, ६ असोज : सरकारले कोरोनाको संक्रमणको अवस्थामा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर लामो दुरीका गाडी चलाउन निर्देशन दिएको छ ।

(भोलि) बुधबारबाट लामो दुरी बुटवल-भैरहवा-सुनौली र काठमाडौं-पोखरा-कुस्मा-बाग्लुङ रुटमा लामो दुरीको साझा यातायात चल्ने बताइएको छ ।

यात्रुले टिकट साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्कबाट काट्न सक्नेछन् । लामो दूरीका बस गएको असोज १ गतेदेखी सञ्चालनमा आएका छन् ।

कोरोनाभाइरसको संक्रमणको जोखिमबढ्दै गइरहेको बेला लामो दूरीका बस सञ्चालनमा आउदा संक्रमण फैलने होकी भन्ने डर छ । यस्तो अवस्थामा चालक, सहचालकले मास्क सबैले माक्स, पञ्जा, सेनेटाइजर अनिवार्य लगाउनु पर्ने ।

बसले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने बताइएको छ । यस्ता सुरक्षाका उपाय अबलम्बन गरेर अहिले लामोदुरीका बसहरु चलिरहेका छन् ।

प्रतिक्रिया