नमोबुद्ध नगर क्षेत्रभित्रका कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाउन सुरु

admin

काभ्रे : काभ्रेको नमोबुद्ध नरपालिकाले नगर क्षेत्रभित्रका कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लागाउन सुरु गरेको छ ।

नगरपालिकाले आज बाट घरमा पालिएको र छाडा छोडीएका कुुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाउन सुरु गरेकोे नगरपालिकाको पशुपंक्षी शाखाले जनाएको छ ।

आज बाट सुरु भएको खोप अभियान १२ गते सम्म संञ्चालन हुने बताईएको छ । नगरपालिकाको पशुपंक्षी शाखामा कुकुरलाईलगीखोप लगाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया