प्रधानमन्त्री ओली र अध्यक्ष दाहालविरुद्धको मुद्दा सर्वोच्चले तामेलीमा राख्यो

admin

काठमाडौं, असोज ६ : सत्तारुढ नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालविरुद्ध परेको अवहेलना मुद्दा तामेलीमा राख्‍न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली र र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध ३ वर्षअघि परेको मुद्दा तामेलीमा राख्‍न आदेश दिएको हो।

२०७४ मंसिर १० हुने प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिव्यक्ति दिएका थिए।

तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गरेका थिए।

प्रतिक्रिया