बझाङ, असोज १४ : ब’लात्का’रपछि ह’त्या गरिएकी मष्टा गाउँपालिका वडा नम्बर-२, खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दा’हसं’स्कार गरिएको छ ।
जिल्ला प्र’हरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२ का २० वर्षीय राजेन्द्र बोहरालाई आरोपितकारुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको श’व सम्झनाका आफन्तले बुझेका हुन् ।
श’व बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारबाही हुन्छ भनेर श’व बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताउनुभयो ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको श’व जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत् बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिनुभयो