पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदूतमा सिफारिस

admin

काठमाडौं, १५ असोज : सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

यसैगरी सरकारले कपिलवस्तुका डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।

यस्तै (आज) बिहीबार मात्रै मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया