कपिलवस्तु : कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्र’हरीले प’क्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्। मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित प’क्राउ परेको प्र’हरीले जनाएको छ।
उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट आधा किलो सुन बरामद गरेको प्र’हरी उपरीक्षक नवराज अधिकारीले बताए। सुनसहित उनीहरूलाई जिल्ला प्र’हरी कार्यालय तौलिहवा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।