सत्तारुढ नेकपाको ‘राष्ट्रिय युवा संघ नेपाल’ रसुवा जिल्ला इन्चार्जमा क. घिमिरे

अस्मिता बेल्बासे

काठमाडौं, १६ असोज : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली सहायक संगठन राष्ट्रिय युवा संघ नेपाल रसुवा जिल्ला इन्चार्जमा केन्द्रिय सदस्य क. लक्ष्मण घिमिरेले जिम्मेवारी प्राप्त गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालले बिहीबार ७७ जिल्लाका जिल्ला इन्चार्ज र सह इन्चार्जको नाम टुंगिएको थियो । जस अनुसार रसुवा जिल्लाको इन्चार्जमा लामो समय देखि युवा आन्दोलनमा सक्रिय सो संघको उत्तरगया ५ निवासी घिमिरे भएका हुन् ।

विद्यार्थी राजनीतिमा चर्चित घिमिरे राजतन्त्र विरोधि आन्दोलनमा राजाको नागरिक अभिनन्दनलाई नौटंकी भनेर कुकुर अभिनन्दन गरेको कसुरमा पटकपटक गरि नौ महिना हिरासतमा बसेका थिए ।

अखिलको काठमाडौं भूगोल जिल्ला कमिटीको अध्यक्ष समेत भएका घिमिरे पशुपति क्याम्पस चाबहिलमा अनेरास्ववियुको तर्फबाट २०६० र २०६२ मा क्रमश कोषाध्यक्ष र सचिवमा झिनो मतान्तरले पराजित भएका थिए ।

नेकपा गत संघीय निर्वाचनमा पराजित भएको जिल्ला रसुवामा आउँदा निर्वाचनमा नेकपालाई पहिलो पार्टी बनाउन युवाहरूलाई संगठित बनाउँदै शसक्त युवा आन्दोलनको आँधी बेहरी सिर्जना गर्न क्रियाशिल रहने अबको आफ्नो कार्यभार रहेको घिमिरे बताउँछन् । बिगतमा नुवाकोटबाट युवा संघको इन्चार्ज हुने परम्परालाई समेत घिमिरेले तोडेका छन् ।

प्रतिक्रिया