उपत्यकामा १६ सय ३८ जनासहित देशभर २७ सय २२ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १६ असोज : पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ८२ हजार चार सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा संक्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा ३३ सय सात जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया