काभ्रेमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, मृ’त्यु हुनेको संख्या ७ पुग्यो

admin

काभ्रे : काभ्रेमा आज थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धुलिखेल नगरपालिकाका ५ जना पुरुष र ३ जना महिला, पनौती नगरपालिकाका१महिला, नमोबुद्धका १ पुरुष, भुम्लु गाउँपालिकाका १ जना पुरुष र १ जना महिलामा भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमित हुनेको संख्यमा ६ सय ७३ पुगेको छ । उनीहरु मध्ये ४ सय३४ जना पुरुष र २ सय ३९ जना महिला छन् । यस्तै भाइरसको संक्रमणबाटजिल्लामा थप एक जनाको मृत्यृ भएको छ । महाभारत गाउँपालिकाका २८ बर्षिय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा १४ गते मृत्यु भएको थियो ।

१५ गते हिजो कोरोना संक्रमण पुष्टि भएको डाक्टर झाले बताउनुभयो । योसँगै संक्रमणबाट जिल्लामा मृ’त्यु हुनेको संख्या ७ पुगेको छ । जिल्लाका कोरोना संक्रमित मध्ये हालसम्म ४ सय ४६जना निको भईसकेका छन् ।

यस्तै जिल्लामा २ सय २० जना सक्रिय संक्रमित रहेका छन् ।उनीहरुमध्ये अस्पताल आइसोलेसनमा १ सय ४६ जना र होम आइसोलेसनमा ७४ जना रहेको डाक्टर झाले बताउनुभयो ।

प्रतिक्रिया