नेपाल विद्युत प्राधिकरणले बिजुलीको महशुल अग्रिम भुक्तानी गरेमा २५ प्रतिशत छुट दिने भन्ने सूचना गलत रहेको स्पष्ट पारेको छ। यसअघि बिहीबार २५ प्रतिशत छुट दिइने भनी राष्ट्रिय समाचार समितिमा प्रकाशित समाचार केही सञ्चारमाध्यमले प्रकाशन गरेका थिए।
प्राधिकरणले एक सूचना जारी गरी अग्रिम भुक्तानी वा रिडिङ गर्ने दिनबाट ७ दिनसम्म भुक्तानी गरेमा २ प्रतिशत ‘रिवेट’ उपलव्ध गराउने व्यवस्था मात्रै रहेको स्पष्ट पारेको छ।