भक्तपुरमा थप एक जना कोरोना संक्रमितको मृ’त्यु, मृ’तकको संख्या ३२ पुग्यो

admin

काठमाडौं, असोज १७ :भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोहकिल्थलीका कोरोना संक्रमित एक पुरुषको शनिवार बिहान मृ’त्यु भएको छ। यससँगै भक्तपुरमा मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ। तर, मृ’त्युबारे स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि गर्न बाँकी रहेको छ।

घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृ’त्यु भएको परिवारले जनाएको छ।

पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले बताएको छ। नेपाल विद्युत् प्राधिकरणका कर्मचारी समेत रहेका ती पुरुषलाई शुक्रवार साँझ स्वासप्रस्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो। यसअघि शुक्रवार भक्तपुरमा दुईजना महिलाको मृ’त्यु भएको थियो। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार शुक्रबार ५१ र ६१ वर्षका दुई संक्रमित महिलाको मृ’त्यु भएको थियो।

भक्तपुरमा कोरोनाले मृ’त्यु हुने ३२ मध्ये १० महिला र २१ पुरुष छन्। यसैगरी शुक्रवार भक्तपुरमा १८१ जना कोरोना संक्रमित थपिएका छन्। यो भक्तपुरमा एकैदिन कोरोना संक्रमित थपिएको हालसम्मकै उच्च संख्या हो।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार भक्तपुरमा १९६ जना संक्रमित थपिएको जानकारी दिएपनि स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले १८१ जनाको मात्रै विवरण प्राप्त भएको जानकारी दिए। योसँगै भक्तपुरमा कोरोना संक्रमितको संख्या दुई हजार ३२५ पुगेको छ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा एक हजार आठ महिला र एक हजार ३१७ पुरुष संक्रमित भइसकेका छन्। संक्रमितहरुमध्ये ४८४ महिला र ६४२ पुरुषसहित एक हजार १२५ उपचारपछि निको भएका छन्।

भक्तपुरमा हाल ४९० महिला र ६२९ पुरुषसहित एक हजार १२९ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया