काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकारहरूलाई कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यबारे चासो बढेको छ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री, स्वकिय सचिव इन्द्र भण्डारी,विकास विज्ञ गजेन्द्र थपलिया, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।
प्रधानमन्त्रीबाहेक उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ। सुरक्षामा खटिएका १५/२० जना सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको छ। झण्डै १ सय ५० जनाको कोरोना परिक्षण गरिएको थियो।