मोबाइल चोरी गर्ने गिरोह प’क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौं, असोज १७ : प्र’हरीले मोबाइल चो’री गर्ने पाँचजनालाई प’क्राउ गरेको छ । महानगरीय प्र’हरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौं महानगरपालिका–२२, पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा रु सात लाख ५० हजार मूल्य बराबरको मोबाइल चो’री गर्ने पाँचजनालाई शुक्रबार प’क्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।

प’क्राउ पर्नेमा काभ्रेपलाञ्चोक, पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक, तेमालका २९ वर्षीय सोमारानी तामाङ, दोलखा, गौरीशंकरका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट, पञ्चकन्याका २२ वर्षीय अमृत राई रहेका छन् ।

प्र’हरीले उनीहरुलाई सीसीटीभी फुटेजको आधारमा प’क्राउ गरेको हो । वृत्तका प्रमुख, प्र’हरी नायब उपरीक्षक सुनिलजंग शाहले मिलेमतोमा सामान चो’री गरेर सस्तो मूल्यमा बिक्री वितरण गर्ने गिरोहलाई प’उ गरिएको जानकारी दिनुभयो ।

‘जनक तामाङ र प्रकाश तामाङले सामान चो’री गरेर सस्तोमा सोमारानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ’-उहाँले भन्नुभयो । प’क्राउ परेका पाँचैजनालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताउनुभयो ।

 

प्रतिक्रिया