किशोरी ब’लात्का’र अभियोग लागेका ५ जना कारागार च’लान

admin

बैतडी , असोज १८ : सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी ब’लात्का’र प्रकरणमा प’क्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ।

जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्र’हरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

प’क्राउ परेका सिगास गाउँपालिका–८ का रामसिंह बोहरा, खडक बोहरा, केशव बोहरा, दानसिंह बोहरा र एक जना नाम नखुलाएका व्यक्तिलाई कारागार चलान गरिएको प्र’हरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। एक किशोरीका आफन्त पर्ने भएकाले नाम नखुलाएको प्र’हरी स्रोतले जनाएको छ।

सिगास गाउँपालिकाकी–१७ वर्षीया किशोरीलाई पटक पटक ब’लात्का’र गरेको कुरा किशोरीले बच्चा जन्माएपछि बाहिर आएको थियो। विवाह गरेर गएको घरमा किशोरीले ६ महिनामै बच्चा जन्माएपछि किशोरीमाथि ब’लात्का’र भएको कुरा बाहिर आएको हो।

घ’टना बाहिरिएपछि संलग्न ३ जनालाई पहिलो र थप दुई जनालाई दोश्रो चरणमा गरेर प्र’हरीले भदौ अन्तिम साता प’क्राउ गरेको थियो। पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ।

प्रतिक्रिया