भक्तपुर, असोज २२ : जग्गा किन्ने बहानामा आएका दुई लु’टेराको कु’टपि’टबाट जग्गा देखाउन गएका एक जनाको मृ’त्यु भएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कु’टपिट गर्दा बिहीबार स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृ’त्यु भएको हो ।
बुधबार साँझ भएको कु’टपिटबाट गम्भी’र घा’इते योञ्जनलाई मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको र उपचारका क्रममा बिहीबार मृ’त्यु भएको महानगरीय प्र’हरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिनुभयो ।
कु’टपि’ट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घा’इते बनाएर साढे दुई तोलाको सुनको सिक्री लु’टेर लगेको अनुसन्धानमा खुलेको प्र’हरीको भनाइ छ । कु’पि’टपछि फरार दुई व्यक्तिको खोजी एवं अनुसन्धान भइरहेको बताइएको छ । रासस