काठमाडौं, २३ असोज : शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार तोलामा २ सय रुपैयाँ घटेको सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार शुक्रबार छापावाल सुन ९४ हजार ८०० र तेजाबी सुनको शुक्रबारको मूल्य ९४ हजार ३ सय कायम गरिएको छ ।
यस्तै चाँदीको मूल्य पनि शुक्रबार बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।