छोरीकी मिल्ने साथीको ब’लात्का’र, उखुबारीमा घाँटी थिचेर ह’त्या

admin

काठमाडौं, असोज २९ : आफ्नै छोरीकी साथीलाई ब’लात्का’रपछि ह’त्या गर्ने पुरूष प’क्राउ परेका छन्। प्र’हरीले रौतहटको वृन्दावन नगरपालिका-४ हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेलीलाई १४ वर्षीया बालिकामाथि ब’लात्का’रपछि ह’त्या गरेको आरोपमा प’क्राउ गरेको हो।

उनलाई जिल्ला प्र’हरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्र’हरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका-४ स्थितबाट प’क्राउ गरेको हो। मृ’तक बालिका गढिमाई नगरपालिका-१ समनपुर टोलकी हुन् भने सानै उमेरदेखि बृन्दावन नगरपालिका-४ स्थित बाजेको घरमा बस्ने गर्थिन्।

असोज १६ गते शुक्रबार बिहान नौं बजे बालिका गाईवस्तुको लागि घाँसपात लिन स्थानीय होसनारायण यादवको उखु खेतमा गएकी थिइन्।

सोही दिन साढे ४ बजे यादवको खेतमा ती बालिकाको शव फेला परेको थियो। उनलाई स्थानीय सुखल राय यादवका १० वर्षीय छोरा अखिलेश यादवले देखेका थिए। पछि प्र’हरीको टोली घ’टनास्थ’लमा पुगेको थियो।

अ’नुसन्धानमा चुनु साह तेलीले बालिकालाई ललाइफकाई प्रलोभनमा पारेर ब’लात्कार गरेको देखिएको प्रदेश प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। उनका अनुसार बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची ह’त्या गरेर तेली फरार भएका थिए।

प्रारम्भिक अनुसन्धानमा मृतक बालिका तेलीकी छोरीको मिल्ने साथी रहेको प्र’हरी उपरीक्षक प्रसाईले बताए। बालिका तेलीको घरमा पहिलेदेखिनै आउने जाने गर्ने गर्थिन्।

तेलीले आफ्नो अपराध प्रहरीसमक्ष स्विकारिसकेका छन्। उनीमाथि थप अनुसन्धान गर्न रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू