काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर तीन हजार एक सय १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार यही अवधिमा तीन हजार एक सय ४२ जना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जनाले ज्या’न गु’माएका छन्। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि एक हजार नाघेको छ। मंगलबारसम्मको विवरण अनुसार देशभर ज्या’न गु’माउनेको संख्या १ हजार ४ पुगेको छ।
सोमबार मात्रै देशभर २४ जनाले ज्या’न गुमाएका थिए। ज्यान गुमाउने धेरैजसो दीर्घ रोगी र वृद्धवृद्धा रहेका छन्। दशैँयता कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या धेरै देखिएको छ। यसले गर्दा डिस्चार्ज हुने दर पनि बढेर ७७ प्रतिशत नाघेको मन्त्रालयले जनाएको छ।