एजेन्सी : बलिउड क्विन कंगना रनावत हाल आफ्नो भाइको विवाहमा व्यस्त छिन्। तर, सधैं चलचित्र र विवादित बयान दिएर चर्चामा आउने रनावत पुन: एक पटक चर्चामा आएकी छन्।
उनीविरुद्ध गीतकार जावेद अख्तरले अदालतमा मानहानिको मुद्दा दर्ता गरेका छन्। रनावतले दिएको एक बयानका कारण अख्तर अदालतको ढोकामा पुगेका हुन्। कंगनाले बयानमा भनेकी थिइन्, ‘अख्तरले आफ्नो घर बोलाएर आफूलाई धम्कीपूर्ण रुपमा ऋतिक रोशनसँग माफी माग्न लगाएका थिए।’
यो बयानबाट आफूलाई तनाव महसुस भएको भन्दै अख्तरले कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका भारतीय संचारमाध्यमले जनाएका छन्। अख्तर र रनावतको लडाइँ अब अदालत पुगेको छ। खबरका अनुसार रनावतको यो बयानबारे अख्तर लडाइँ लड्न तयार रहेको बताइएको छ।
केही महिनाअघि रनावतकी मेनेजर रंगोली चंदेलले एक ट्विटमा जावेद अख्तरले कंगनालाई घर बोलाएर धम्की दिएको लेखेकी थिइन्। उनले लेखेकी थिइन्, ‘अख्तरले कंगनालाई घर बोलाएर ऋतिक रोशनको माफी माग्न धम्की दिएका थिए। यो मात्र होइन् फिल्मकर्मी महेश भट्टले कंगनामाथि चप्पल फ्याँकेका थिए।’
यो मात्र होइन कंगनाले एक अन्तर्वार्तामा जावेदमाथि आरोप पनि लगाएकी थिइन्।