काठमाडौं, १९ कात्तिक : ग्रेटर नेपालका अविराम अभियन्ता फणीन्द्र नेपाललाई जसरी पनि प’क्राउ गर्न प्र’हरी तैनाथ रहेको जानकरी प्राप्त भएको छ । उनको निवास छेउछाउमा बुधबार (आज ) बिहानैदेखि सादा पोशाकका प्र’हरीले निगरानी गरिरहेको उनी निकटका मित्रले नाम उल्लेख नगर्ने शर्तमा यो जानकारी दिएका हुन् ।
भारतका स्थलसेना प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण रद्द गरियोस् भन्दै ग्रेटर नेपालका फणीन्द्र नेपालले विज्ञप्ति नै जारी गरेर विरोध जनाएका थिए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमै गएर कालो झन्डा देखाउने अभिव्यक्ति दिएका कारणले गर्दा फणीन्द्रलाई प’क्राउ गर्नै पर्ने परिस्थिति उत्पन्न भएको भनिएको छ ।
फणीन्द्र नेपाललाइ यसरी घर भित्रै नजरबन्द गराएर राखे पनि ग्रेटर नेपाल राष्ट्रबादी मोर्चाको आजको कार्यक्रम जसरी भए पनि सम्पन्न हुने र मुकुन्द नरवाणेलाई कालो झन्डा देखाएरै छाड्ने उनी निकटका एक व्यक्तिले जानकारी दिए ।
अभियन्ता फणीन्द्रले “यदि इन्डियाली सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गरियो भने यो विश्वइतिहासमै दुःखान्तक घ’टना मानिनेछ र यो दृश्य देख वीरतामाथि निर्मम उपहास गर्नेछ भने यो लज्जास्पद समारोह नेपाल आमाको ह’त्यापछिको शो’कसभामा परिणत हुनेछ” भन्दै सके एअरपोर्टमै वा होटल सोल्टीको प्रवेश द्वारमा नसके आफु बसेकै ठाउँबाट कालो झन्डा हल्लाऔँ भनेर फेसबुक मार्फत सार्वजनिक आग्रह समेत गरेका छन् ।