भारत लैजाँदै गरिएका ३ युवतीको उद्धार, ४ जना पक्राउ

admin

काठमाडौं : धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना प’क्राउ परेका छन्। जिल्ला प्र’हरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई प’क्राउ गरेको बताएको छ।

बेचबिखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्र’हरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

उनका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई प’क्राउ गरिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया