पूर्वअर्थमन्त्री पाण्डेलाई चितवनमा आफ्नै कार्यकर्ताले लखेटे

admin

चितवन, ६ मंसिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवनमा लखेटिएका छन् । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले लखेटेका हुन् ।

विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो तर, विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताले लखेटेका हुन् ।

चितवनमा रहेका पाण्डेले विभिन्न कमिटीलाई कार्यक्रम आयोजना गर्न भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउदै आएका छन् । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइजत मात्र नगरी जनतालाई भ्रमको खेती गरेकोसमेत कार्यकर्ताले आरोप लगाएका छन् ।

प्रतिक्रिया