काभ्रेमा कोरोना संक्रमणबाट थप एकको ज्यान गयो, ४१ जना डिस्चार्ज

admin

काभ्रे : काभ्रेमा कोरोना भाईरसको संक्रमण बाट थप एकको ज्यान गएको छ । बनेपाका ३९ वर्षका पुरुषको धुलिखेल अस्पतालमा ज्यान गएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । ति पुरुषमा गत ४ गते संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुरुषको हिजो ज्यान गएको बताईएको छ । यो संगै जिल्लामा भाईरसको संक्रमण बाट ४८ जनाको ज्यान गएको छ । जसमध्ये ३४ जना जिल्लाकै हुन् भने १४ जना अन्य जिल्लाका हुन् । यस्तै जिल्लाका संक्रमित मध्ये आज ४१ जना डिस्चार्ज भएका छन् ।

जिल्लाका संक्रमित मध्ये हाल सम्म एक हजार नौ सय २१ जना निको भएका छने भने जिल्लामा आज ३ जना संक्रमित थपिएका छन् । बनेपा नगरपालिकाका २ जना महिला र महाभारत गाँउपालिकाका १ पुरुषमा भाईरसको संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ३ सय ६२ पुगेको छ । हाल ४ सय ७ जना सक्रिय संक्रमित जिल्लामा छन् । उनीहरुमध्ये अस्पताल आइसोलेसनमा १७ जना र होम आइसोलेसनमा ३ सय ९१ जना रहेका डाक्टर झाले बताउनुभयो ।

प्रतिक्रिया