नेपाली सेना र सिकारीबीच गोली हानाहान, दुईजना प’क्राउ

admin

काठमाडौँ, ६ पुष : बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले वन्यजन्तुको सुकुटी र हा’तहति’यारसहित दुईजनालाई प’क्राउ गरेको छ।

सुरक्षाकर्मीको टोलीले आइतबार सुर्खेतको बराहाताल गाउँपालिका–३ नरसिहंकाडाका ३४ वर्षीय चक्रबहादुर विष्ट र २४ वर्षीय गणेश तिवारीलाई नियन्त्रणमा लिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए।

उनीहरुको साथबाट भरुवा बन्दुक तीन नाल, गो’ली १७ थान, वारुद करिब २०० ग्राम, हसिया पाँच थान, गुलेली एक, जाल एक, वन्यजन्तुको सुकुटी करिब ७० किलोलगायतका सामग्री ब’रामद गरिएको छ।

शनिबार राति राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्टबाट करिब ६ किलोमिटर उत्तरपश्चिम निकुञ्जको कोर ईलाकामा पर्ने गिठ्ठे खोला नजिक निकुञ्ज कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोली र ५-६ जनाको समूहमा रहेका सिकारीबीच गो’ली हा’नाहान भएको निकुञ्ज प्रसासनले जनाएको छ।

सहायक संरक्षण अधिकृत थापाका अनुसार सुरक्षाकर्मीलाई देख्न साथ तस्करहरुले गो’ली प्र’हार गरेपछि सेनाले जवाफी फायर गरेका थिए। दुवैतर्फ फायर भए पनि कुनै मानवीय क्षति नभएको उनको भनाइ छ।

‘निकुञ्जका सुरक्षकर्मीको टोलीले तस्करको खोजी गर्दै जाँदा सिकारीहरु वन्यजन्तुको मासु भाग लगाएर प्याक गर्दै गरेको अवस्थामा थिए,’ थापाले भने, ‘दुईजना सिकारी ब’न्दुकसहित थिए। सुरक्षाकर्मीलाई देख्नासाथ उनीहरुले गोली चलाए। सुरक्षाकर्मीले पनि जवाफमा गो’ली चलाएपछि उनीहरु भागे।’

संयुक्त सुरक्षाकर्मीले फरार रहेका सिकारीहरुलाई प’क्राउ गर्न खोजी कार्य जारी राखेको समेत उनले बताए। अवैध चोरी शिकार मुद्दाको अनुसन्धान गर्नका लागि निकुञ्ज कार्यालयका रेञ्जर हर्षबहादुर सिंहलाई अनुसन्धान अधिकारी तोकी अनुसन्धान कार्य अघि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ।

प्रतिक्रिया