फिफाद्वारा उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने निर्णय

admin

काठमाडौं, १० पुस : फिफाले सन् २०२१ मा हुने भनिएको उमेर समूहको विश्वकप रद्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण जोखिमले अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि चुनौती थपिएको भन्दै फिफाले उमेर समूहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।

२० वर्षमुनीको विश्वकप इन्डोनेसिया र १७ वर्षमुनीको विश्वकप पेरुमा गर्ने तयारी थियो । अब सन् २०२३ मा इन्डोनेसिया र पेरुमै प्रतियोगिता हुने पनि फिफाले जनाएको छ ।

प्रतिक्रिया