चिनियाँ राजदूतले भेटिन् महरा

admin

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराको राजनीति पुनरागमन भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग भेटघाट भएको छ।महरासँग राजदूत यान्छीले शुक्रबार महरा निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गरेकी हुन्।

वर्तमान प्रधानमन्त्रीले एकलौटी रूपमा संसद विघटनपछि दुई भागमा विभाजित भएको नेकपाभित्र राजनीतिक सरगर्मी बढिरहेका समयमा महराले गरेको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेकपाको विवाद मिलाउन पटक/पटक भूमिका खेलेकी राजदूत यान्छीले नेकपाको पुनः एकता र त्यसका लागि महराको पहलका बारेमा जिज्ञासा राखेकी थिइन्।जवाफमा महराले आफू अझै पनि पार्टी एकता कै पक्षमा रहेको र अझै एकताका लागि आफूले पहल गर्ने बताएको महराका सहयोगीले बताएका छन्।

प्रतिक्रिया