मेयर प्रसाईंले जिम्मा लिए प्रभु साहले घा’इते बनाएका बच्चुको उपचार खर्च

admin

सर्लाही : शहरी विकासमन्त्री प्रभु साह सवार जिपले ठ’क्कर दिई घा’इते भएकाको सम्पूर्ण उपचार खर्च हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले जिम्मा लिएका छन्।

शनिबार मध्यान्ह पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना१झ ३८४२ नम्बरको जिपले ठ’क्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घा’इते भएका थिए।

​घा’इतेको हरिवनस्थित स्वाभीमान अस्पतालमा उपचार भइरहेको छ। उनको उपचार खर्च मेयर प्रसाईंले जिम्मा लिई उपचार गराइरहेका बताइएको छ। मेयर प्रसाइका अनुसार आजै साँझसम्म मन्त्री साह घा’इतेको अवस्था बुझ्न हरिवन आउने भएका छन्। डाक्टरको सल्लाहअनुसार घाइ’तेको स्थानीयस्तरमा उपचार नभए काठमाण्डौ लानेसमेत बताए।

मन्त्री साह रौतहटको गरुडाबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जिपले ठ’क्कर दिँदा तामाङको कम्मर र ढाडमा चो’ट लागेर घा’इते भएको सर्लाहीका ‘हरी उपरीक्षक (एसपी) संतोष सिंह राठौरले जानकारी दिए।

प्रतिक्रिया