आज पनि देशका केही ठाउँमा हिमपात र वर्षा

admin

काठमाडौं, २१ पुस : आज पनि देशभरको मौसम बद्ली भएको भएको छ । हिमाली र उच्च पहाडी जिल्लामा मंगलबार पनि हिमपात र अन्य केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनकाअनुसार वाग्मती प्रदेशका एकरदुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ । पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बद्ली भएको छ ।

यो प्रणालीको प्रभाव बुधबारदेखि भने कम पर्ने मौसमविद् नगरकोटीले बताइन् । उनकाअनुसार बुधबार वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलि पनि मौसम बद्ली भएर हिमपात र वर्षाको सम्भावना रहेको उनले बताइन् ।

प्रतिक्रिया