काठमाडौं, २४ पुस : शुक्रबार नेपालमा पाँच सय ८५ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५७ हजार दुई सय २९ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा पाँच सय ५४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ । नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या पाँच हजार २१ रहेको छ ।
यस्तै बितेको २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय नौ पुगेको छ ।