काठमाडौं : भायानेट कम्युनिकेशन इन्टरनेटका ग्राहकको तथ्याङ्कमा अनधिकृत पहुँच राखेर उनीहरूकाे विवरण सार्वजनिक गर्ने एक जना बुटवलबाट प’क्राउ परेका छन् ।

भायानेटका ग्राहकको तथ्याङ्क चोरी गरी फेसबुक, इन्टाग्रामलगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्र’हरीले बुटवलबाट १७ वर्षका ‘नरपिचास’ (नाम परिवर्तन) लाई प’क्राउ गरेको जनाएको छ ।
नरपिचास नामक ट्विटर ह्याण्डलमार्फत पनि ती युवकले तथ्याङ्क सार्वजनिक गर्ने गरेको प्र’हरीको साइबर ब्युरोले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाउने तयारी भइरहेको छ ।